समाचार
आज मिति २०८२/०३/२२ गतेका दिन पूर्वखोला गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन सम्पन्न भएको छ।
आज मिति २०८२/०३/२२ गतेका दिन पूर्वखोला गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन सम्पन्न भएको छ।बैठकमा आर्थिक वर्ष २०८२-०८३ को लागि प्रस्तावित वार्षिक बजेट विनियोजन विद्येयक, गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व भुक्तानीको व्यवस्थापन गर्न बनेको विद्येयक -२०८२ र पूर्वखोला गाउँपालिकाको बाल संरक्षण नीति -२०८२ पारित गरिएको छ।सभामा उत्कृष्ट कार्य गरेको तल्लो लेमधेम मोटरबाटो स्तरोन्नति आयोजनाको उपभोक्ता समितिका अध्यक्ष र सचिवलाई दोसल्ला र सम्मान पत्र दिई सम्मान गरिएको थियो।सभाको समापन सत्रमा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गरेको मूल्यांकन गर्दै प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ लगायत ७ जना कर्मचारीहरुलाई नगद पुरस्कार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो।सभामा नीतिगत एंव महत्वपूर्ण प्रस्तावहरु पारित गर्दै गाउँसभाको १७ औं अधिवेशन अन्त्य भएको सभा अध्यक्ष नुन बहादुर थापाले घोषणा गर्नुभएको थियो।